|

सिरहा : सिरहामा जारी निषेधाज्ञा भोलि बिहान ५ बजेदेखि खुल्ने भएको छ। जिल्लामा तोडफोड बढेपछि निषेधाज्ञा जारी गरिएको थियो।

आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई समेत प्रशासनले रिहा गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए। 

यसैगरी जिल्ला अदालत धनुषाको आदेशमा मिथिलेश यादवलाई साधारण तारिखमा रिहा गरेको उनले जानकारी दिए। औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीउ लुटेको आरोपमा यादव पक्राउ परेका थिए।

औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.