|

काठमाडौं : काठमाडौं नयाँ बसपार्क मित्रनगरको एक होटलमा युवतीमाथि सामूहिक बलात्कार भएको छ। 

प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले १२ पुसको राति आठ बजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर नौ जना युवाले बलात्कार गरेका थिए।

पीडित युवतीले महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएपछि घटना बाहिर आएको हो। प्रहरीले तत्काल घटनाको अनुसन्धान गर्नुका साथै पीडित युवतीलाई उपचारका लागि अस्पताल लगेको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए। 

उनका अनुसार पीडित युवतीलाई उपचारपछि प्रहरीले आफ्नो संरक्षणमा राखेको छ। उनको अवस्थामा हाल सुधार भएको एसएसपी गिरीले जानकारी दिए। 

‘घटनाको जानकारी प्राप्त हुनासाथै प्रहरीले क्लोज सर्किट क्यामराको सहयोगमा आरोपीमध्ये सात जनालाई नियन्त्रणमा लिएको छ’, एसएसपी गिरिले भने, ‘घटनाका विषयमा हामीले विस्तृत अनुसन्धान गरिरहेका छौं।’

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मुगु छाँयानाथ रारा नगरपालिकाका हिक्मत नेपाली (मुख्य आरोपी), रतन नेपाली सुरेश सेजुवाल, दिपक नेपाली शिवहरी बुढा, युवराज बडुवाल र   अर्घाखाँची सितगंगा नगरपालिकाका गोपाल कुमार शिरीषलाई पक्राउ गरेको छ।

यस्तै घटनामा संलग्न रहेर पहिचान खुलेका मुगुका हस्त नेपाली र चन्द्र साँउद फरार रहेको परिसरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.