|

दाङ : जिल्लामा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगितामा सुरु भएको छ।

नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगिता सुरु भएको हो।

देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर-६ मा रहेको कभर्डहलमा सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्र हमालले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री हमालले खेलकुदले आपसी मेलमिलापको सन्देश दिने बताए।

उनले कोरोना महामारीका कारण शिथिल भएको खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्दा खेलाडी र खेलप्रेमीलाई उत्साहित बनाएको उल्लेख गरे।

उनले खेलकुदको विकास र प्रवर्द्धनमा नेता खड्काको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे। उनले खेलकुदले मेलमिलापको सन्देश दिने बताउँदै टेबल टेनिस प्रतियोगिताले स्वर्गीय नेतालाई स्मरण गराएको पनि बताए।

उनले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्न लागेको समेत बताए। प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टोलीको सहभागी छन्।

पुरस्कार राशि ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुष टोली र महिला टोलीको प्रथम पुरस्कार ३०/३० हजार, द्वितीय पुरस्कार १५/१५ हजार, तृतीय र सान्त्वनाले पनि ५/५ हजार प्राप्त गर्नेछन्।

यस्तै पुरुष र महिला एकलतर्फ नगद ४०/४० हजार, द्वितीय  पुरस्कार २०/२० हजार, तृतीय र सान्त्वना हुने ५/५ हजार रुपैयाँ पाउनेछन्।

यस्तै पुरुष र महिलाको जुनियरतर्फ प्रथम पुरस्कार ३०/३० हजार, द्वितीय पुरस्कार १५/१५ हजार र तृतीय र सान्त्वना ५/५ हजार पुरस्कार राशि रहेको छ।

प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने आयोजक युथ अफ तुलसीपुरका अध्यक्ष वसन्त गिरीले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.