|

काठमाडौं : विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा लगाएको ताला एक महिनापछि खुलेको छ। त्रिवि र विद्यार्थी संगठनबीच माग पुरा गर्ने सहमति भएपछि सोमबारबाट ताला खुलेको अखिल(क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।

त्रिवि सभाले गत मंसिर १४ गते आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उप प्राध्यापक पदमा नियुक्ति गर्ने निर्णय गरेपछि त्यसको विरोधमा ६ विद्यार्थी संगठन विरोधमा उत्रिएका थिए। उनीहरूले मंसिर १६ गते त्रिविको उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए।

‘१४ गतेको निर्णय तत्काल कार्यन्वयन नगर्ने,स्ववियु चुनाव प्रकृया अघि बढाउने, खुला विज्ञापनका लागि साढे पाँच सय शिक्षकको विज्ञापन गर्ने सहमति भएपछि ताला खुलाएका हौँ,’अध्यक्ष सिंहले भनिन्।

उनका अनुसार यसका लागि अखिल क्रान्तिकारी, नेविसंघ,नेकपा समाजवादी निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लगायत विधार्थी संगठन  र त्रिविबीच सहमति भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.