|

स्पेनिस कोपा डेल रे फुटबलमा लालिगा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले सहज जित निकाल्दा अर्को दाबेदार बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ।

बार्सिलोनाले लिनरेस डिपोर्टिभोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दा रियलले अलकोयानोलाई ३-१ ले पराजित गर्‍यो।

गत सिजन अलकोयानोसँग २-१ ले स्तब्ध भएको रियल यो पटक भने सहज जित निकाल्न सफल भयो। रियलका लागि मिलिटाओले ३९औँ मिनेटमा पहिलो गोल गरेका थए। तर अलकोयानोले ६६औँ मिनेटमा बराबरीमा खेललाई फर्काए तर एसेन्सियोले ७६औँ मिनेटमा टीमलाई अग्रता दिलाउँदा तेस्रो गोल भने पिगुरासले आत्माघाति उपहार दिएका थिए।

कोपा डेल रे अन्तर्गत नै भएको खेलमा बार्सिलोना भने १-० ले पछि रहेको अवस्थालाइ उल्टाउँदै जित निकाल्न सफल भयो। डिपोर्टिभोविरुद्ध पहिलो हाफमा १-० ले पराजित भए पनि दोस्रो हाफमा पुनरागमन गर्न सफल भयो। डियज सान्चेजको गोलमार्फत १९औँ मिनेटमा डिपोर्टिभोले अग्रता लिएको थियो। तर बार्सिलोनाले ६३ औ मिनेटमा डेम्बेलेको गोलमार्फत खेलमा बराबरी गर्दा जितका लागि निर्णायक गोल भने जुटग्लाले ६९औँ मिनेटमा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.