|

हेटौंडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान मुख्यमन्त्रीविरुद्ध आक्रोश पोखेका छन् । 

शुक्रबार नेकपा (एमाले) मकवानपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बागमती प्रदेशका पहिलो मुख्यमन्त्री पौडेलले वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध आक्रोश पोखेका हुन् । 

‘बागमती प्रदेश सरकारको नेतृत्व अहिले यस्तो मान्छेले गरेको छ कि म त्यसको नाम पनि लिन चाहन्न’,उनले भने ‘त्यसले बागमती प्रदेशकै बेइज्जत गरिरहेको छ।’ 

पौडेलले आफू नेतृत्वको सरकारले ल्याएका प्रदेशको गौरवका आयोजना रद्ध गरेको भन्दै वर्तमान सरकारलाई सरकार नै भन्न नमिल्ने टिप्पणी गरे। 
उनले मकवानपुरको मुहार फेर्ने सुरुङमार्ग निर्माण कार्य रद्ध हुँदासमेत मकवानपुरबासी मौन बसेको भन्दै विद्रोह गर्न आग्रह गरे।

उनले एमाले अहिले देशैभर प्रतिपक्षमा रहेको भन्दै ‘अवैध गर्भाधान’बाट जन्मिएको वर्तमान सरकारको विरोधमा सशक्त भएर लाग्ने बताए।

पौडेलले अबको तीनै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने भन्दै सोहि ढंगले अघि बढ्न कार्यकर्तालाई आग्रह गरे। एमालेले जिताएको व्यक्तिहरुले नै एमालेलाई कमजोर बनाएको भन्दै उनले भने ‘नेकपा एमाले कसैसँग तुलना गर्न नमिल्ने पार्टी हो। देश परिवर्तनको लागि एमाले र केपी शर्मा ओलीको विकल्प छैन ।’ 

पौडेलले सर्वसम्मत ढंगले एमाले मकवानपुरको नेतृत्व चयन गर्नसमेत प्रतिनिधिहरुलाई आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.