|

धनकुटा : नेकपा (एमाले) धनकुटाको जिल्ला कमिटी सर्वसम्मत चयन गर्ने प्रयास छ। शुक्रबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनको बन्दसत्र शनिबार बिहान सुरु भएको छ।

अध्यक्षको आकांक्षीमा प्रदेश सभा सदस्य तथा एमाले प्रदेश सदस्य इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य तथा एमाले धनकुटा सहसचिव निरन राई, सचिवालय सदस्य तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सचिवालय सदस्य शिव आङ्ला रहेका छन्।

तर, पराजुली र राईमध्ये एक जना अध्यक्ष हुने एमाले नेताहरु बताउँछन्। पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने पराजुली र राईको तर्क छ। चुनौतिपूर्ण अवस्था रहे पनि सर्वसम्मत नेतृत्व चयन हुने बताइएको छ।

जिल्ला अधिवेशनबाट पाँचजना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.