|

हेटौंडा : माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेकाहरूले चुनाव चिह्न पाएका छन्। आइतबार उनीहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको हो।

राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त हुन लागेको  एक महिला र अन्य एक गरी २ जनाको स्थानमा निर्वाचन हुँदै छ। सोही निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारलाई आइतबार चुनाव चिह्न दिइएको हो।

बागमतीमा रिक्त २ पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। नेकपा (एमाले)बाट उम्मेदवार बनेको निरकुमारी कुँवर र गोपाल शाक्यलाई सूर्य, सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्ण पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमा तिमिल्सिनालाई रूख र कलम चिह्न प्रदान गरिएको छ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङ र गीता काफ्लेलाई मादल चुनाव चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

आगामी माघ १२ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ। मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.