|

काठमाडौं : सरकारले ल्याएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि कार्यविधि तयार भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ अनुसार विद्यालयमा कार्यक्रम सञ्चालन गर्न सुरुमा ५० प्रतिशत रकम स्थानीय तहमा सशर्त अनुदानको रूपमा हस्तान्तरण गरिनेछ।

स्थानीय तहले कार्यक्रम कार्यान्वयनका लागि छनोट भएका विद्यालयसँग सम्झौता गरी अनुदान रकम निकासा गर्नेछ।

यसका लागि विद्यार्थीले आफू संलग्न व्यावसायिक परियोजना कार्यकाे प्रतिवेदन तयार गरी विद्यालयमा पेश गर्नुपर्ने छ। ती परियोजना कार्य छनाेटकाे आधारमा अनुदान पाइनेछ। 

कार्यविधिमा कृषि (बाली विज्ञान, पशु विज्ञान, वागवानी), इन्जिनियरिङ (सिभिल‚ इलेक्ट्रिकल, कम्प्युटर) क्षेत्रमा अनुदान पाइने उल्लेख छ।

त्यसैगरी वन तथा वातावरण‚ निर्माण, अटोमोबाइल्स, व्यावसायिक कीट (मौरी पालन‚ च्याउ र रेसम खेती) मा अनुदान पाइने कार्यविधिमा उल्लेख छ।

गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसद्‌मा पेश गर्दै प्राविधिक विधामा अध्ययन गर्ने कक्षा-१२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रूपमा सुरुवात गरिने बताएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.