|

इलाम : जिल्ला फुटबल संघ इलामले थाहाकर्मी नमीन ढकालसहित तीन पत्रकारलाई सम्मान गरेको छ। पत्रकारिताको माध्यमबाट इलामको फुटबल खेल प्रवर्द्धनमा सहयोग गरेको भन्दै संघले सम्मान गरेको हो।

सम्मानित हुने ढकालसहित विनय तिम्सिना र गणेश घिमिरे रहेका छन्। तीनै जनालाई जिल्ला लिगको समापनको अवसरमा सम्मान गरिएको हो। सम्मानित पत्रकारहरूलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, एन्फाका केन्द्रीय सदस्य निरोज खड्गी र जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठले नगदसहित सम्मानपत्र प्रदान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.