|

जाजरकोट : महामारीको रुपमा फैलिएको कोभिड –१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन्।

१२ वर्षदेखि १७ वर्ष सम्म बालबालिकाले मोडर्ना खोप र १७ वर्ष देखि माथिका सर्वसाधारणले भेरोसेल, ६० वर्ष माथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन नपाउने भएका हुन्।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले  माघ १० देखि माघ १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र खोप लगाउन सूचना निकालेको छ। तर, उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ।

सिसिएमसिसीको बैठकले माघ १६ देखि २० गते सम्मा विद्यार्थीलाई खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिको थियो। सिसिएमसिसीले निर्णय गरे पनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा पनि खोप नपाउने भएका छन्।

त्यस्तै, खोप कार्ड नभएको व्यक्तिले माघ ७ बाट सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारणले पीडित हुने भएका छन्।

बाक्लो हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिड विरुद्धको खोप लगाउन पाएका छैनन्। उपल्लो डोल्पामा खोप लिएर जान समस्या हुने गरेको तथा जसोतसो खोप पुर्‍याइए पनि उच्‍च हिमपातका कारण तीन पालिकाका सर्वसाधारणलाई लगाउन नसक्ने अवस्था रहेको स्वास्थ्य कार्यालय डोल्पाले जनाएको छ।

हिमपातका कारण उपल्लो डोल्पा बन्धक जस्तै भएको छ। बाटोभरी हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपलल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन्।

त्यस्तै, अन्य बालबालिकालाई लगाइने नियमित खोप, सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि फागुन मसान्तसम्म नै बन्द भएको छ। शे फोक्सुण्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिकाभित्रका सर्बसाधारणहरू घरको आंगन भरी हिउँले ५ महिना सदरमुकाम दुनै लगाएतका देशका विभिन्न ठाउँमा जाने काम पूर्णरूपमा ठप्प हुने गर्दछ।

त्यस्तै, ती पालिकामा खटिने स्वास्थ्यकर्मी, महिला स्वंयमसेविकले समेत खोप नपाएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.