|

स्पेनिस लालिगाको उपाधि होडको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ। एल्चेविरुद्धको संघर्षपूर्ण खेलमा २-१ को जित निकाल्दा रियल अन्तिम आठमा पुग्न सफल भएको छ।

निर्धारित ९० मिनेट गोलरहित बराबरी भएको खेलमा ३० मिनेटको अतिरिक्त समयमा रियलले बाजी मारेको हो। अतिरिक्त समयको १०२ औं मिनेटमा मार्सेलो रातो कार्ड खाएर मैदानबाट बाहिरिंदा रियल १० खेलाडीमा सीमित भएको थियो। तर‚ उसले त्यसको मुल्य चुकाउनु भने परेन।

मार्सेलो आउट भएको एक मिनेटमै एल्चेले गोन्जालो भर्डुको गोलमार्फत खेलमा अग्रता लियो। तर‚ इस्कोले १०८ औं मिनेटमा खेल बराबरीमा ल्याए। रियलका लागि निर्णायक गोल भने इडेन हजार्डले ११५ औं मिनेटमा सम्भव बनाए। अतिरिक्त समयको इन्जुरी समयमा एल्चे पनि १० खेलाडीमा सीमित भएको थियो। उसका मिला दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

त्यसअघि निर्धारित समयमा केही राम्रा अवसर पाए पनि रियलले सदुपयोग गर्न सकेन। लुका मोड्रिच र क्यासिमिरोले गोल गर्ने राम्रा मौका चुकाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.