|

सुर्खेत : ओछ्यानमा आगो सल्किएर एक महिने शिशुको मृत्यु भएको छ। शिशुलाई बचाउन खोज्दा आमाको दुवै हात जलेर घाइते भएकी छन्।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ शान्तिबजार बस्ने रिमबहादुर रोकायको एक महिने छोराको मृत्यु भएको हो। शिशुलाई चुलोको नजिक सुताएर आमा बाहिर गएको बेला बच्चा सुतेको ओछ्यानमा आगो सल्केको बुझिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते आमालाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमबाट प्रहरी टोली खटिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.