|

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।

जिल्लाको ढोल्यामोड, अनारखोली, खोडपे, सुपले, रौलाकेदारलगायतका स्थानमा हिमपात भएको हो। जयपृथ्वी राजमार्गको ढोल्यामोड लगायतका क्षेत्रमा हिमपात भएपनि सवारी आवागमन भने निर्वाद भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी, निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उनले भने,‘हिमपात भएको खबर आएपनि राजमार्ग अवरुद्ध भएको छैन्।’ हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ। हिमपातले  चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन्।

चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरूको ख्याल गर्न आग्रह गरिएको छ। वर्षासँगै हिमपात भएपछि किसानहरू खुशी भएका छन्। हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन्। यसअघि गत पुषमा पनि दुईपटक यहाँ हिमपात भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.