|

काठमाडौं : पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढ पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर गैंडाको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ।

वन तथा वातावरण मन्त्रालयले छानबिन समिति गठन गरेको हो। वन तथा भू–संरक्षण विभागका उप–महानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिलाई १० दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ। समितिमा मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल छन्।

सडक विस्तारका लागि बनाइएको नालीमा फसेर आइतबार गैंडाको मृत्यु भएको थियो। 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.