|

बैतडी : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मेलौली नगरपालिकाकामा अत्यावश्यकबाहेकका सेवा बन्द भएको छ। नगरपालिकाका पाँच कर्मचारीमा कोरोना देखिएको हो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्म पछि आजदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो। यसअघि मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।

बैतडी जिल्ला अदालतले पनि कर्मचारीमा कोरोना देखिएपछि माघ १८ गते सम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द छ। जिल्ला अस्पताल बैतडीमा तत्कालका लागि दन्त सेवा बन्द गरिएको छ। दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना नभएसम्मका लागि दन्त सेवा बन्द भएको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.