ओली गुटको चुनौती चिर्दै अघि बढ्ने दाबी

|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा अकुत सम्पत्तिको प्रयोग गरेको आरोप लगाएका छन्। 

पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले सुनिरहेका छौँ। राष्ट्रियसभाको निर्वाचनमा अकुत सम्पत्ति प्रयोग गरियो रे। पैसाको खोलो बगाउँदा पनि हामीले उनीहरुलाई सफल हुन दिएनौँ। तर, हामीले पनि आफ्नो मान्छेलाई बलियो बनाउन सक्नुपर्छ।’

अहिले आफूलाई सबैभन्दा ठूलो चुनौती भनेको केपी ओली गुट नै भएको टिप्पणी गरे। उनले आगामी दिनमा कलम चुनाव चिह्न चम्किँदै जाने र सूर्य कमजोर हुँदै जाने दाबी गरे। 

अध्यक्ष नेपालले भने, ‘हामीलाई सबैभन्दा ठूलो केपी ओली गुटको एमाले नै हो। एमालेले हामीलाई चुनौती दिइरहेको छ। तर, उनीहरूले फैलाएको भ्रमलाई चिर्दै हामी संगठनलाई बलियो बनाउनुपर्छ। हामी कसैलाई अन्याय गर्दैनौँ। अरूबाट हुने अन्यायबाट पछि हट्दैनौँ।’

उनले निर्वाचन आयोगले पनि आफ्नो भूमिका खेल्नुपर्ने बताए। निर्वाचन प्रणालीलाई कसरी कम खर्चिलो? स्वच्छ र जनताको अभिमत सही ठाउँमा प्रयोग गर्न सकिन्छ? भन्नेबारेमा छलफल भइरहेको बताए। 

केपी ओलीको व्यक्तिपूजाको प्रवृत्तिलाई भण्डाफोर गर्दै जान पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.