|

भक्तपुर : भक्तपुरको नलिञ्चोक बाँसघारीमा शनिबार दिउँसो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ।

बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको बा. ५ ख ३०२० नं. को यात्रुवाहक बसले सूर्यविनायक नगरपालिका–९ नलिञ्चोक बाँसघारीस्थित अरनिको राजमार्गमा बा. ७० प. ९१३८ नं. मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारदोलखा गौरीशंकर गाउँपालिका–२ घर भई हाल नलिञ्चोक बस्ने ४० वर्षीया गंगा बस्नेतको मृत्यु भएको हो।

दुर्घटनामा घाइते बस्नेतलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक राजु पाण्डेले बताए।

प्रहरीले बसचालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ बस्ने ४१ वर्षीय रविन श्रेष्ठ र बस महानगरीय प्रहरीवृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.