प्रहरी आफैँ ग्राहक बनेर पुगेको थियो गोदामसम्म

|

काठमाडौं : प्रहरीले ठूलो मात्रामा ह्विस्की तथा मदिरासहित ४ जनालाई सार्वजनिक गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट राजस्व छली गरेर मदिरा ल्याउने उनीहरूलाई आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रविन पाख्रिन र ४० वर्षका नारायण प्रसाद घिमिरे रहेका छन्। उनीहरूलाई प्रहरीले माघ १४ गते राति पक्राउ गरेको थियो। उनीहरूको साथबाट करिब २९६ कार्टुन रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का र चिभास रिगल बरामद गरेको छ। यसको बजार मूल्य करिब एक करोड पचास  लाख हुन आउने महाशाखाका एसएसपी बसन्त कुँवरले  जानकारी दिए।

कसरी पक्राउ परे उनीहरू?

पर्सा जिल्ला गादी घर भई बूढानीलकण्ठ एरियामा बस्ने सन्तोष चन्द्र बख्रेलले विभिन्न ब्राण्डका रक्सी भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचना केही साताअघि अपराध महाशाखालाई आएको थियो।  त्यसपश्चात् महाशाखाले 'अप्रेसन लिमा' सुरु गरेको थियो। उक्त अपरेसन उपत्यकाका रामकोट, बानेश्वर, कपन लगायतका क्षेत्रमा परिचालन गरिएको थियो।

महाशाखाले टोलीलाई आएको सूचनाअनुसार रवि भन्ने भारतीय नागरिक र नेपाली नागरिक बख्रेलको योजनामा  भारतबाट राजश्व छली गरी विभिन्न ब्रान्डका मदिराहरू बिक्री वितरण गर्ने गरेको जानकारी पायो।

बख्रेलले विगत ३ महिना अगावै प्रथमपटक १६० कार्टुन, दोस्रोपटक  २०० कार्टुन र तेस्रोपटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, सिभास रिगल र  ऐब्सुलेट भोड्का ल्याई गैरकानुनी रूपमा बिक्री वितरण गर्दै आएको महाशाखा प्रमुख कुँवरले जानकारी दिए।

उक्त अपरेसन सफल बनाउन महाशाखाका केही अधिकृत आफैँ ग्राहक बनेका थिए। मदिरा बेचबिखनमा बख्रेल आफू मात्र नभई बजारमा बिक्री वितरण गर्न इन्फिनिटी लिक्योर मूलपानीका संचालक पन्तसँग मिलेका थिए।  यति मात्र होइन प्रहरीको अनुसन्धानले घिमिरे थरका अर्का व्यक्ति उक्त ब्राण्डका मदिराहरू ड्युटी फ्री को हो भनी ग्राहकलाई विश्वासमा लिएको आफैँ ग्राहक बनेर पुगेका अनुसन्धानमा खटिएका एक अधिकृतले बताए।

राजश्व छलीका मदिराहरू विशेषतः पाटी प्यालेसमा बिक्री वितरण गर्ने  गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। उनीहरूलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।  साथै बरामद गरिएको मदिराको गुणस्तर परीक्षण मापनको तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.