|

सुर्खेत : कर्मचारीलाई कोरोना संक्रमण भएपछि मालपोत कार्यालय सुर्खेतले अत्यावश्यकबाहेका सेवा बन्द गरेको छ। कार्यालयमा कार्यरत पाँच जना कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।

कर्मचारीलाई संक्रमण भएपछि कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका सेवा माघ २१ गते स्थगत गरेको जनाएको छ। सूचना अनुसार कार्यालयबाट प्रवाह हुने लिखत पारित, दृष्टिबन्धक, रोक्का फुकुवा, नामसारी, दाखिला खारेजलगायतका सेवा स्थगन गरिएको छ।

दैनिक प्रशासनिक कार्यलगायत अदालत, प्रहरी र प्रशासनसँग सम्बन्धित काम भने जारी रहने कार्यालय प्रमुख जनकबहादुर हमालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.