|

काठमाडाैं : राजस्व छली गरी विदेशी मदिराकाे काराेबारमा संलग्न रहेकाे आराेपमा पक्राउ परेकाहरूकाे साथबाट प्रहरीले ५० लाख बराबरकाे अबैध सुर्तिजन्य पदार्थ तथा कस्मेटिक सामानहरू पनि बरामद गरेकाे छ।

महानगरीय अपराध महाशाखाकाे टाेलीले अप्रेसन  ‘लिमा’  अन्तर्गत रेड लेवललगायतका विदेशी ब्राण्डका मदिराहरू राजस्व छली सम्बन्धी कसूरको अनुसन्धानको शिलशिलामा पक्राउ परेका सन्तोषचन्द्र बख्रेलकाे साथबाट उक्त सामान बरामद गरेकाे हाे।

बख्रेलले  भन्सार छली ल्याएको सुर्तिजन्य पदार्थहरू तथा सोको खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू (सैम्पु, साबुन, तेल, क्रिम) तथा विदेशी ब्राण्डका विभिन्न चुरोटहरू काठमाडाैं महानगरपालिका-१६ नयाँबजार खुशिबुस्थित भाडामा लिएकाे घरमा भण्डारण गरी राखेको अवस्थामा बरामद गरिएकाे महाशाखाले जनाएकाे छ।

उक्त सामान थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएकाे छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.