|

इलाम : स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित इलामकाे सन्दकपुर गाउँपालिका- १ का वडाध्यक्ष नन्दकुमार राई नेकपा एमाले प्रवेश गरेका छन्।

आज एक कार्यक्रमकाबीच राई एमाले प्रवेश गरेका हुन्। नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, केन्द्रीय सदस्य राम रानासहितको टोलीले उनलाई  पार्टीमा स्वागत गरेको हो।

२०७४ सालकाे स्थानीय तह निर्वाचनमा राईले ३८० मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेश राईले ३०५ मत ल्याएका थिए। सन्दकपुर गाउँपालिकाका पाँच वडामध्ये चार वडामा एमालेको वडाध्यक्ष जितेकाे थियो।

राई इलाममा माओवादीबाट निर्वाचित एक्ला वडाध्यक्ष हुन्। उनीसहित सोही वडाका माओवादी केन्द्रबाट वडा सदस्यमा रहरकुमार थुलुङ बिजयी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.