|

काठमाडौं : प्रतिकुल मौसमका कारण पहाडी तथा हिमाली जिल्लाको हवाइ उडान प्रभावित भएको छ। 

वर्षासँगै हिमपातले फाप्लु, लुक्ला, रारा, जोमसोम, बझाङ ताप्लेजुङ, खोटाङलगायत क्षेत्रमा उडान हुन नसकेको हो। खानी डाँडा र सिमराका लागि उडेका दुईवटा विमान डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका उपनिर्देशक टेकनाथ सिटौलाले जानकारी दिए।

तराईका जिल्लाहरुमा भने उडान भइरहेका छन्। उपनिर्देशक सिटौलाका अनुसार बाह्यतर्फका उडानहरु पनि सहजरुपमा भइरहेका छन्। आजका लागि आन्तरिक र बाह्य गरी १३० वटा उडान तालिका रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.