|

सल्यान : जिल्लाको बागचौर नगरपालिका५ सिर्पाका घर घरमा खानेपानीका धारा पुगेसँगै यहाँका स्थानीय खुसीले दंग बनेका छन्।

अव्यवस्थित रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गरिएको सिर्पा खानेपानी तथा जलवायु अनुकूलन कार्यक्रममा अध्यक्ष शेरबहादुर वलीले बताए।

अव्यवस्थित सामुदायिक खानेपानीका धारा रहेको  क्षेत्रमा घर घरमै धारा जडान भएपछि स्थानीयमा खुसियाली छाएको उनको भनाइ छ ।

घरघरमा धारा आएपछि सामुदायिक धारामा पानी भर्न लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउने समयमा पढ्ने अवसर पाएको निरुता सुनारले बताइन्।

खानेपानी भर्नेकै विषयमा समाजमा भैm झगडा हुने गरेकोमा अहिले त्यो समस्या समेत समाधान भएको उनको भनाइ छ।

 ७० घरधुरीलाई पाँचवटा मात्र सामुदायिक धारा भएको र ती धारा पनि व्यवस्थित नहुँदा सबैमा पानी आउने समस्या झेल्दै आइरहेका सिर्पाबासीका लागि एक घर एक घारा आएपछि निकै सहज भएको विनिता विकले बताइन्।

गाउँदेखि झन्डै १४ सय मिटर टाढाबाट ल्याएर घरघरमा खानेपानीको व्यवस्था भएको उनको भनाइ छ।

नेपाल जलवायु परिवर्तनको ४० लाख र जनश्रमदान १२ लाख ३१ हजार २ सय ४ रुपैयाँ गरी ५२ लाख ३१ हजार २ सय ४ रुपैयाँको लागतमा ७१ वटा धारा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष शेर बहादुर वलीले बताए।

७० घरमा एकघर एक धारा र एक धारा सार्वजनिकस्थलमा निर्माण गरिएको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.