|

हेटौंडा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत आइतबार दिउँसो मनहरीबाट हेटौडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल–०१ एन २९९९ नम्बरको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा हैटौंडा–१० टिसिएनरोड बस्ने बुद्धिबहादुर श्रेष्ठ रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर देवेन्द्र दासले जानकारी दिए।

ठक्करबाट सिकिस्त श्रेष्ठको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ।

ठक्कर दिने भारतीय ग्यास बुलेट र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.