|

आइसिसी टी-२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेको छ। टिमलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज भर्चुअल बिदाइ गरेका थिए।

ग्लोबल छनोटमा समूह ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। खेलहरू फेब्रुअरी १८ देखि २४ सम्म  हुँदै छ।

जसअन्तर्गत पनि एउटा समूहका टोलीलाई २ समूहमा विभाजन गरेर खेलाइने छ। नेपाल, क्यानाडा,  फिलिपिन्स र ओमान एकअर्काविरुद्ध समूह चरणमा प्रतिस्पर्धा गर्ने छन्। अर्को समूहमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनीले प्रतिस्पर्धा गर्ने छन्।

दुवै समूहको शीर्ष २ मा रहने ४ टिमबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने छ। सेमिफाइनलबाट फाइनल पुग्ने २ टोली विश्वकपमा खेल्ने छन्।
प्रतियोगिताअघि नेपालले चारदेशीय टी-२० सिरिज खेल्ने छ। नेपालले आयरल्याण्ड,  युएई र ओमानसहित ३ देशसँग प्रतियोगिताअघि नै प्रतिस्पर्धा गर्दै छ। 

यस्तो छ खेल तालिकाः

चारदेशीय प्रतियोगिता

२८ माघ : नेपाल विरुद्ध ओमान
२९ माघ : नेपाल विरुद्ध युएई
२ फागुन : नेपाल विरुद्ध आयरल्याण्ड

विश्वकप छनोट:

६ फागुन : नेपाल विरुद्ध ओमान
७ फागुन : नेपाल विरुद्ध फिलिपिन्स
९ फागुन : नेपाल विरुद्ध क्यानडा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.