|

विराटनगर :  प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले खेलकुद बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत (पर्शुराम)लाई  लिखित स्पष्टीकरण सोधेका छन्।

आइतबार सामाजिक मन्त्रीमा नियुक्ति पाएका राईले सदस्य–सचिव नियुक्त गर्दा योग्यता नपुगेकाे भन्दै लिखित स्पष्टीकरण सोधेका हुन्।

नियुक्तिमा बस्नेतको योग्यता नपुगेको  बताउदै मन्त्री राईले भने, ‘हामीले तीन दिने स्पष्टीकरण सोधेका छौं उहाँले तीन दिनभित्र स्पष्टीकरण बुझाउनुपर्ने हुन्छ।’

प्रदेश खेलकुद ऐन २०७६ अनुसार चारवर्षे कार्यकाल हुनुपर्ने व्यवस्था छ। प्रदेशका दोस्रो मुख्यमन्त्री भीम आचार्यले गत असोज २४ मा बस्नेतलाई सदस्य–सचिव नियुक्त गरेका थिए।

गत भदौ १० मा मुख्यमन्त्री नियुक्त भएका आचार्य कात्तिक १५ मा पदमुक्त भएसँगै कात्तिक १६ गते गठबन्धनको तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्तिको तीन महिनापछि उनले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए।

नवनियुक्त मन्त्री राईले तीन दिने स्पष्टीकरण सोधेको र स्पष्ट जवाफ नआए पदमुक्त गरिने मन्त्रालयले जनाएको छ। प्रदेश खेलकुद बोर्डको सदस्य–सचिव बन्न कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान गरेको हुनुपर्ने साथै असल चालचलन भएको हुनुपर्ने उल्लेख छ। मादपण्ड पूरा नभएका कारण स्पष्टीकरण सोधेको सत्तापक्षको दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.