|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ।

वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले स्वचालित क्यामेरा जडान गरी बाघ गणना उद्घाटन गरेका हुन्। कार्यक्रमको उद्घाटन गर्दै उनले सन् २०२२ भित्रै बाघको संख्या दोब्बर पार्ने लक्ष्यका प्राप्तिका लागि कार्य अगाडि बढाइएको बताए।

बाघको वासस्थानमा सुधार, आहारा प्रजातीको प्रयाप्तता र संरक्षणको कार्यलाई प्राथमिकतमा राखिएकाले बाघको संख्या सन्तोषजनक रुपमा बढदै गएको मन्त्री यादवले बताए। बाघ गणनाको कार्य निकुञ्जसँगै त्यस आपसपासका क्षेत्रमा आजदेखि २१ दिन सम्म गरिने छ।

शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा २ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइ भएको २ सय ६० वटा ग्रीडमा बिभाजन गरी सर्भेक्षण कार्य अघि बढाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशाेरकुमार महतोले बताए।

निकुञ्ज अन्तर्गतका चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी र हिरापुर गरी ४ स्थानमा, डिभिजन वन कार्यालय कञ्चनपुर अन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाडाजाई गरी ४ स्थान र डडेल्धुराका आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प राखिने भएको छ।

शुक्लाका ९५ ग्रीडमा १ सय ९० क्यामेरा, लालझाडी–ब्रम्हदेबका ५८ ग्रीडमा २ सय १४ र जोगबुढाका ५८ ग्रीडमा १ सय १६ वटा क्यामेरा जडान गरिने छ। २० वटा क्याम्पमा ७० जना प्राबिधिक र ५ वटा हात्ती खटाएर गणना कार्य सम्पन्न गरिने छ।

सन् २००९ देखि बाघ गणना गरिएको छ। निकुञ्जका अनुसार हाल १७ बाघ रहेका छन्। सरकारले सन २०२२ सम्ममा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य  लिएको छ। शुक्लाफाँटा ३०५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.