|

सर्लाही : अवैध रूपमा लुकाई राखेको सालको काठ सब डिभिजन वन कार्यालय मूर्तियाले बरामद गरेको छ।

बागमती नगरपालिका–२ हरिवन खोलाको किनार लहरीबारीबाट सात थान गोलिया सालको काठ आज दिउँसो बरामद गरिएको हो।

सुराकीको आधारमा ४० क्यूफिट बराबरको बेवारिसे अवस्थामा सालको काठ बरामद गरेको सब डिभिजन वन कार्यालय मूर्तियाका जमदार अमर पाख्रिनले जानकारी दिए।

काठ अहिले मूर्तिया वन कार्यालयमा राखिएको छ। काठ कसले काटेर राखेको हो‚ त्यसको अनुसन्धान भइरहेको छ। काठको सरकारी मूल्य १ लाख ६० हजार रहेको उनले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.