|

काठमाडौं : सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ। संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन्। 

जारी सूचनामा भनिएको छ, ‘फागुन २ गते सोमबार बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो गरिएको छ।’

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई फागुन २ को प्रतिनिधिसभा बैठक सार्न प्रस्ताव गरेका थिए। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसअघि नै बैठक सार्न माग गर्दै आइरहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.