|

बुटवल : लुम्बिनी प्रदेश सरकारले आज  आफ्नो प्रदेश स्थापना दिवस प्रदेशको राजधानी दाङमा  मनाउँदै छ।

प्रदेश सरकारको सबै काम कारबाही बुटवलबाटै हुँदै आए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो।

सञ्चारमन्त्री तिलकराम केसीका अनुसार कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको हो।

मन्त्र केसीका अनुसार स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिलाई मात्र आमन्त्रण गरिएको छ।

दिवस कार्यक्रम राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयको हाताभित्र बिहान ११ बजे मनाउन लागिएको  शर्माले जानकारी दिए। स्थापना दिवस मनाउनकै लागि प्रदेशका सबै मन्त्री तथा प्रदेश प्रमुख दाङ आइसकेका छन्।

प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहेको छ।

लुम्बिनी प्रदेशसभाले १७ महिनाअगाडि प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा गरेको थियो।

स्थायी राजधानीमा संरचना नहुँदा बुटवलबाटै प्रदेश सरकारले कामकाज सञ्चालन गर्दै आएको छ। स्थायी संरचना नबनेसम्म मन्त्रालयहरू सार्न नहुने दबाव सत्तारुढ गठबन्धनभित्रै छ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.