|

काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। थारू आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित भएको हो। 

अर्को बैठक २०७८ फागुन ६ गते शुक्रबार दिनको १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए।  संसदमा निरन्तर अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको बैठकमा पनि अवरोध कायमै राखेको थियो। 

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको नाम लिष्ट सभामुख अग्नि सापकोटाले सूचना प्रकाशित नगरेको भन्दै एमालेले लगातार रूपमा संसद् बैठक अवरोध गर्दै आएको छ। 

आजको बैठक पनि सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर नाराबाजी गर्दै संसद अवरोध गर्न बेल घेराउ गरेका थिए। आजको संसद् बैठक बस्नुअघि सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले अनुपस्थित भएको थियो।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.