|

चौतारा : नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले एमालेका महासचिव शंकर पोखरेलकै अगाडि पार्टी परित्याग गरेका छन्।

बुधबार एमाले सिन्धुपाल्चोकको नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराउन महासचिव पोखरेल सिन्धुपाल्चोक आएका बेला क्षेत्रीले पार्टी परित्यागको घोषणा गरेका हुन्।

चौतारामा पत्रकार सम्मेलन गरेर क्षेत्रीले एमाले परित्यागको घोषणा गरेका छन्। लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए।

जिल्ला अध्यक्षमा दाबी गरेको भएपनि स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलसँग असन्तुष्ट बनेपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।

यसअघि माधव नेपाल खेमामा रहेका क्षेत्री पार्टी विभाजनको बेलामा १० बुँदे सहमतिको आधारमा एमालेमै बसेका थिए। उनले हालै सम्पन्न भएको जिल्ला अधिवेशनपछि केन्द्रीय सदस्य शरेस नेपालले अपमान गरेको आरोप लगाएका छन्। उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने आँकलन गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.