|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसिसी गम्भीर राष्ट्रघाती सम्झौता भएकाले संसदबाट पारित हुन नसक्ने बताएका छन्। 

संसद बैठकबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले सम्झौता बिना संशोधन अघि बढाउन नहुने बताए।

‘एमसिसी गम्भीर आपत्तिका कुरा छन्, राष्ट्रघात गर्ने विषय छ,  यी कुरा संशोधन नगरी एमसिसी पास गर्न दिँदैनौँ’, खनालले भने, यो भियना सम्मेलन बमोजिम दुई देशको सम्झौता होइन करार सम्झौता हो। करार सम्झौतालाई दुनियाँको कुनै पनि संसदमा लगेर अनुमोदन गरिँदैन, गरियो भने गलत नजिर बस्छ, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिँदै जान्छ।’

संसदमा सन्धी वा सम्झौता अनुमोदन गर्नुपर्यो भने धारा ७९ मा टेकेर नयाँ संघीय ऐन बनाएर मात्रै ल्याउनुपर्ने भन्दै खनालले अहिले ऐन नै नबनेको बताए। अहिले ऐन नबनेको अवस्थामा संसदमा यो पेश गर्ने प्रक्रिया असंवैधानिक रहेको उनको भनाइ छ।  

'अर्कोतर्फ संसद सूचारु छैन। टेबुल भयो भने पनि सबै सांसदले आफ्ना कुरा राख्न पाउनुपर्छ। म आफैं ५ घण्टासम्म यो सम्झौताका विषयमा कुरा राख्न चाहन्छु', खनालले भने, 'फेरि यो ध्वनी मतले पारित गर्न पाइँदैन मत विभाजन गर्नुपर्छ, त्यसैले यो कानुनी राज होइन? त्यत्तिकै बल प्रयोग गरेर हुन्छ ?’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको भेट संसद सूचारु गराउनका लागि भएको भन्दै अरु विषय अहिले आशंका गर्न नचाहने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.