|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा अनिश्चित कालका लागि स्थगित भएको छ।

एन्फाले विज्ञप्ति जारी गर्दै ८ फागुनमा भर्चुअल माध्यमबाट गर्ने भनिएको विशेष साधारणसभा प्राविधिक कारणले स्थगित गरिएको जनाएको छ।

एन्फाले विज्ञप्तिमा साधारणसभाको अर्को मिति, समय र स्थानका बारेमा अर्को पत्रबाट जानकारी दिने पनि जनाएको छ। एन्फाले दोस्रोपटक साधारणसभा स्थगित गरेको हो।

एन्फा कार्यसमिति बैठकमा ८ फागुनमा विशेष साधारणसभाको मिति तय भएको थियो। अहिले एन्फाले प्राविधिक कारण देखाएर सभा सार्ने निर्णय गरेको छ।

अब यो साधारणसभा कहिले हुने तय नभएपछि असन्तुष्ट पक्ष आक्रोशित बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.