सल्यान : हावाहुरीले छाना उडाएको र कक्षा कोठा खाल्डाखुल्डी परेको लामो समयसम्म मर्मत हुन नसकेका सल्यानका दुई विद्यालय मर्मत भएका छन्।
एक महिना अघि थाहाखबरमा विद्यालयको अवस्था बिजोग भन्ने समाचार प्रकाशित भएपछि यी दुई विद्यालय मर्मत गरिएको हो। शारदा नगरपालिका–१० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालय र वडा नम्बर ९ मा रहेको कृष्ण आधारभूत विद्यालयलाई शारदा नगरपालिकाले मर्मत गरिदिएको छ।
जनता प्राथमिक विद्यालयको छाना हावाहुरीले उडाएको दुइ वर्ष हुँदा पनि मर्मत हुन सकेको थिएन भने कृष्ण आधारभूत विद्यालयमा खाल्डाखुल्डी परेको थियो। यस्तै विद्यार्थी बस्ने बेञ्च पनि थिएनन्। समाचार प्रकाशित भएपछि दुवै विद्यालयमा छाना र भुई मर्मत गरिएको छ भने बस्ने बेञ्चको पनि व्यवस्था गरिएको छ।
जनता प्राथमिक विद्यालयमा तीन लाख खर्चेर छाना मर्मत गरिएको छ। कृष्ण आधारभूत विद्यालयको कक्षाकोठाका खाल्डाखुल्डी पुरिएको छ भने विद्यार्थी बस्ने बेञ्च पनि व्यवस्था गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।