|

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक १२ गते सम्मका लागि स्थगित भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन्।

नेकपा एमालेका सांसदहरूले भने आज पनि नाराबाजी गरिरहे। एमालेसँगै  सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका केही सांसदहरूले पनि उठेर नाराबाजी गरे। सत्ता गठबन्धनको आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बठैकमा एमसिसी संसद्‍मा पेस गर्ने सहमति भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.