|

काठमाडौं : लाेक सेवा आयाेगले लिएकाे जिल्ला अदालतका न्यायाधीशकाे लिखित परीक्षामा तीन जनामात्रै उत्तीर्ण भएका छन्।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतबार बसेकाे आयाेगकाे बैठकले जिल्ला अदालतको न्यायाधीश नियुक्त गर्न अन्तर्वार्ताका लागि ३ जनाको नाम सिफारिस गरेको हाे। लिखित परीक्षामा उत्तीर्ण भएका ३ जनाको नाम अन्तर्वार्ताका लागि सिफारिस गर्ने निर्णय भएको छ।

१८ जना जिल्ला न्यायाधीशका लागि आयाेगले लिएकाे लिखित परीक्षामा एक सय ९६ जना सहभागी थिए। जसमध्ये ३ जना मात्रै उत्तीर्ण भएका हुन्। लिखित परीक्षामा उत्तीर्ण हुनेमा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी छन्।

गत साउन महिनासम्म रिक्त रहेको २३ जिल्ला न्यायाधीश पदका लागि १८ जना छनोट गर्न न्याय सेवा आयोगले परीक्षा लिएको थियो। बाँकी पाँच जना भने वरिष्ठता र योग्यताको आधारमा न्याय सेवा र सरकारी वकिल समूहबाट न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले नियुक्ति गर्ने व्यवस्था छ। हाल विभिन्न जिल्लामा ४१ जना जिल्ला न्यायाधीशको पद रिक्त छ। 

आयाेगले आन्तरिक खुला ९, खुला ५, महिला २ तथा आदिवासी/जनताती तथा मधेशीमा एक/एक पदमा विज्ञापन आह्वान गरेकाे थियाे। अन्तर्वार्ताका लागि फागुन २९ गतेकाे मिति ताेकिएकाे छ।

यसअघि प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाले जिल्ला अदालतका न्यायाधीश सिफारिसका लागि बैठक आह्वान गरेको भए पनि हालका कामु प्रधानन्यायाधीश कार्कीसहित कानुनमन्त्री दिलेन्द्र बडु, महान्यायाधिवक्ता खम्मबहादुर खातीले बहिस्कार गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.