|

काठमाडाैं : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन्।

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। लाल राष्ट्रियसभाका पूर्वसदस्य हुन् भने सिंह संविधानसभा सदस्य हुन्।

मधेश केन्द्रित दलहरूले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको दुवै नेताले बताएका छन्।

नेता लालले नेतृत्वपंक्ति मधेश केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेको र लोकतन्त्रवादी मधेशी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको आरोप लगाए। उनले आफ्नो भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैली बोकेको मधेश राष्ट्रलाई जात र सम्बन्धवादमा विभाजित गरी सीमित गर्न खोजिएको आरोप लगाए।

नेता लालले मधेसी जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेण्डाप्रति प्रतिवद्ध राजनीतिक दलको आजको आवश्यकता भएकाले त्यसैमा आवद्ध भएकाे जानकारी दिए।

यस्तै सिंहले मधेसी जनविद्रोहबाट जन्मेका शक्तिहरू विस्तारै मधेश शब्दबाट विमुख हुँदै गएको बताए। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर नेताहरू तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ब्यूँताउने अन्तिम तयारीमा जुटेका छन्।

जसपाभित्र विवाद चलिरहेकै बेला निर्वाचन आयोगमा तमलोपा दर्ता भएको थियो। धनुषाका रविशंकरलाल कर्णको नेतृत्वमा तमलोपा दर्ता भएको हो। कर्ण नेता लाल निकट मानिन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.