|

काठमाडौं : एमसिसी र समसामयिक राजनीतिबारे निर्णय खुमलटारमा बसेको  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सकिएको छ। बैठकले गठबन्धन जोगाउन अन्तिमसम्मै प्रयास जारी राख्‍ने सहमति गरेको छ।

खुमलटारमा भएको यस बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौताबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणा रहेको बताइएको छ।

माओवादी संसदीय दलको बैठकले एमसीसी जबरजस्ती अनुमोदन गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। यद्यपि, माओवादी एमसीसी संसद्मा टेबल गर्न सहमत भएको थियो। माओवादी अध्यक्ष प्रचण्डले सभामुख सापकोटालाई कांग्रेस पनि हटाउन लागि परेको भन्दै टेबल गर्न दिएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। 

​आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहपछि सभामुखले आइतबारसम्मका लागि स्थगित गरेका छन्।

तर, प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेतृत्वसँग एमसिसी पारित गर्न आफू जुनसुकै विकल्पमा छलफल गर्न तयार रहेको बताइसकेका छन्। त्यसका लागि कांग्रेस र माओवादी शीर्ष नेतृत्वले पटक-पटक छलफल गरेको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.