|

विराटनगर : एक बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मोरङको लेटाङ–८ ज्यामिरे टोलकी  १२ वर्षीया करुणा राईको हत्याको आशङ्कामा दुई जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिए। पक्राउ पर्नेको नाम भने  प्रहरीले खुलाएको छैन।

लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा ती बालिकाको शव आज (शुक्रबार) बिहान फेला परेको डिएसपी मुकारुङले बताए। ‘११ गते बेलुकादेखि हराएको बालिकाको शव गाडीएको अवस्थामा फेला पर्‍यो,’ उनले भने,‘ हामीले दुई जना पक्राउ गरेर अनसन्धान थालेका छौँ।’

अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाहरूकाे नाम सार्वजनिक नगरेको उनले बताए। शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेदेखि बेपत्ता भएकी थिइन्। बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई सूचना दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.