|

काठमाडौं : एमसिसी सम्झौता गर्ने वा नगर्ने विषयमा काठमाडौंमा सडक जनमत संग्रह गरिएको छ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीले तीनकुनेमा सडक जनमत संग्रह गराएका हो।

मध्यान्न १२ बजेबाट सुरु भएको जनमत संग्रहमा अहिलेसम्म ५ सयभन्दा बढी मत खसेको क्रान्तिकारी महानगर समितिका उपाध्यक्ष सुरज कटुवालले जानकारी दिए।

'हामीले उपत्यकामा पैदल हिडिरहेका नागरिकलाई एमसिसी सम्झौताको लागि जनमतका लागि आव्हान गरेका हौं', उनले भने, 'आज हामीले बेलुका ५ बजेसम्म ८ सय मत प्राप्त गर्न सक्छौ भन्ने अनुमान गरेका छौं।

कटुवालले शान्तिपूर्ण तरिकाले जनताको अपेक्षा के छ भन्ने विषयलाई बुझ्न सडकमा जनमतको व्यवस्था गरेको जानकारी दिए। संसद्‍मा एमसिसी टेबल भएपछि जनआक्रोश बढ्दै गएको छ। विशेष गरेर माओवादी, एकीकृत समाजवादी नेकपालगायत दलले सडकमा प्रदर्शन गर्दै आएका छन्।

केही दिन यता उपत्यकामा एमसिसीविरुद्ध सडक आन्दोलन चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.