|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावी घोषणापत्रमा समावेश गरेअनुसार नै महानगरभित्रका मूत तथा अमूर्त सम्पदाको संरक्षण गर्दै आएको दाबी गरेका छन्।

आइतवार महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको भवनको उद्घाटन गर्दै उनले चुनावी घोषणापत्रअनुसार नै महानगर क्षेत्रभित्रका मूत तथा अमूर्त सम्पदाको संरक्षण गर्ने प्रतिवद्धता पूरा गर्दै आएका बताए।

‘चुनावी घोषणापत्रमा समावेश गरेअनुसार नै महानगर क्षेत्रभित्रका मूत तथा अमूर्त सम्पदाको संरक्षण गर्ने प्रतिवद्धता पूरा गर्दै आएका छौँ,’ उनले भने‚ ‘हामीले सुरुदेखि नै महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण मूत–अमूर्त सम्पदाको संरक्षण गर्ने अभियान चलाउँदै आयौँ।’

प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्रको धर्म, संस्कृति, परम्परा बचाउने दायित्व राज्यसँगै महानगरपालिकाको पनि भएको भन्दै त्यो काम गरिरहेको बताए। बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतुले महानगरपालिकाले त्यसका लागि सहयोग गर्दै आएको पनि उनको भनाइ छ।

‘नेपाल बुद्ध जन्मिएको देश भए पनि बुद्धबारे अध्ययन गर्न र बुद्धको ज्ञान लिन देशबाहिर जानुपर्ने बाध्यता अहिले पनि रहेको भन्दै धेरैतिरबाट सुझाव आयो,’ प्रमुख शाक्यले भने‚ ‘यस्तो सुझावको सम्बोधन गर्दै महानगरपालिकाले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतूले सहयोग गर्दै आएको छ।’

उनका अनुसार महानगरपालिकाले भवन निर्माणका लागि करिब ३ करोड ७८ लाख आर्थिक सहयोग गरेको छ। केन्द्रका अध्यक्ष प्रत्येक रत्न ताम्राकारले धर्म नरसिंह शाक्य र चन्द्रादेवी शाक्यले प्रदान गरेको १५ आना दुई पैसामा करिब ७ करोड लगानीमा निर्माण उक्त भवनमा परियती शिक्षासँगै ध्यान शिविर सञ्चालन गरिने बताए।

२०४२ सालमा स्थापना भएको बौद्ध भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ। केन्द्रले बौद्ध परियती शिक्षा अध्यापन गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.