|

सिन्धुली : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनमा सभापतिमा उपेन्द्रकुमार पोखरेल विजयी भएका छन्। 

मंगलवार भएको दोस्रो चरणमा निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा पोखरेल ८८५ मत प्राप्त गर्दै विजयी भएका हुन्। पोखरेलले सभापतिका प्रतिद्वन्द्वी तथा निवर्तमान जिल्ला सभापति उज्ज्वल प्रसाद बराललाई ४०८ मत अन्तरले पराजित गर्दै सभापतिमा विजयी भए। 

बरालले ४७७ मत प्राप्त गरेका छन्। पहिलो चरणमा कुनैपनि उमेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि मंगलबार पुन दोस्रो चरणको मतदान भएको थियो। दोस्रो चरणमा कुल १ हजार ३ सय ७१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त मत मध्ये ९ मत बदर भएको छ।

सभापति पदका लागि भएको पहिलो चरणको निर्वाचनमा उपेन्द्र कुमार पोखरेलले ४८३, उज्ज्वल प्रसाद बरालले ४२७, खड्ग बहादुर बाईवाले १०१, प्रेमचन्द्र दाहालले ३६१ र विश्नाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.