|

काठमाडौं​ : उर्दू एकेडेमी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कवि गोष्ठीमा साहित्यकारहरूले नेपाली, हिन्दी, उर्दू र अंग्रेजी गरी चार भाषामा कविता सुनाए।

मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित कार्यक्रममा भारतबाट आएका प्रसिद्ध कविहरूको समेत उपस्थिति थियो।

भारतीय कवि दिलदाल देहलवीको सम्मानमा उर्दू एकेडेमी नेपालले कार्यक्रम आयोजना गरेको हो। तो जिन्दगी सवर गई कविता कृतिका लेखक देहलवीले नेपालले दिएको सम्मानले आफ्नो हौसला बढेको बताए।

देहलवीले आफ्ना पुस्तकका उम्दा रचना सुनाएर श्रोतालाई मन्त्रमुग्ध पारे। नयाँ दिल्लीबाट आएकी कवि कमलासिंह जिनतले पनि आफ्ना केही प्रसिद्ध कविता तथा गजल सुनाइन्।

उर्दू साहित्यको प्रवर्द्धन तथा विभिन्न भाषाका साहित्यकारलाई साझा मञ्चमा जुटाएर भाषिक पुलको काम समेत गर्दै आएको उर्दू एकेडेमीका अध्यक्ष इम्तियाज वफाले कवि देहलवीलाई काठमाडौंमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

कार्यक्रममा नेपाल–भारत साहित्य महोत्सवका अध्यक्ष राधेश्याम लेकाली, थाहा पुस्तकालयकी अध्यक्ष अस्मिता सुमार्गी, रेखा यादव, प्रमोद प्रधान, डा. श्वेता दीप्ति, डा. शाकिव हारुनी, नरेन्द्रबहादुर श्रेष्ठलगायतले कविता सुनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.