|

जनकपुरधाम : नेपाली कांग्रेस धनुषाको सभापति पदको दोस्रो चरणको निर्वाचन शुक्रबार बिहान हुने भएको  छ।

उम्मेदवारको सहमति र सहकार्य गर्ने निर्णयअनुसार सभापति पदको दोस्रो चरणको मतदान शुक्रबार बिहान ८ बजेदेखि हुने जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले बताए।

यसअघि बिहीबार बिहान ८ बजेदेखि मतदान गर्ने सूचना प्रकाशन गरिएको थियो। सभापतिका लागि मंगलबार अबेर राति भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको निर्वाचन गर्नुपरेको हो। धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.