|

सोलुखुम्बु : जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–९ गोराखानीको जंगलमा शंकास्पद वस्तु फेला परेको छ। वडा कार्यालयबाट करिब एक किलोमिटर दक्षिणतर्फको जंगलमा कालो प्लाष्टिकमा बेरिएको अवस्थामा तारसहितका बस्तु भेटिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार बिहीवार साँझ उक्त वस्तु भेटिएको हो। अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक यादवको टोली उक्त स्थानतर्फ गएको छ। शंकास्पद वस्तु निस्क्रिय पार्न ओखलढुंगाबाट नेपाली सेनाको बम डिस्पोजल टोली झिकाइएको यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.