|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय समिति बैठक सुरू भएको छ। काठमाडौंमा आइतवारदेखि सुरू भएको बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिताबारे छलफल हुने जनाइएको छ।

प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताए। उनले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरूबारे पनि छलफल हुने बताए।

‘आजको बैठकमा केही स्पेसीफिक एजेण्डाहरुमा आधारित भएर छलफल गर्नेछौँ। यो बैठक भोलिसम्म चल्नेछ‚’ उनले भने‚ ‘यसका मुख्य ४ वटा एजेण्डाहरु छन्। पहिलो एजेण्डा भनेको आसन्न स्थानीय निर्वाचनमा पार्टीले कसरी भाग लिन्छ भन्ने बारेमा स्थानीय निर्वाचन निर्देशिका हलमा प्रस्तुत भइरहेको छ। दोस्रो एजेण्डा भनेको हाम्रो पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित केही संगठनात्मक प्रश्तावहरु हुनेछन्। तेस्रो भनेको देशको राजनीतिक, समसामयिक परिस्थितिबारे हामी एउटा प्रस्ताव पारित गर्नेछौँ।’

प्रचार विभाग प्रमुख खतिवडाले दुई दिनसम्म चल्ने केन्द्रीय समितिको बैठकमा देशको राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.