|

विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका-७ गणेशपुरस्थित १८ महिने बालिका हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले  सार्वजनिक गरेको छ।

प्रहरीले बालिका हत्या आरोपमा  सुन्दरहरैचा-७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ परेका उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ। उनीहरूले नाबालिकालाई पालैपालो बलात्कार गरेपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। 

बलात्कारपछि हत्या

प्रहरीका अनुसार शुक्रबार साझ ५ बजे घरमा खेल्दै गरेकी बालिकालाई बोकेर घरदेखि करिब डेढ सय मिटर पश्चिम घारीमा लगेर पालैपालो बलात्कार गरेका थिए।

हत्या आरोपी दुवै लागुऔषध प्रयोगकर्ता रहेको जिसीले जानकारी दिए। उनका अनुसार शुक्रबार साँझ उनीहरूले गाँजा सेवन गरेर ती बालिकामाथि बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरूले सीसाको बोतल र ढुङ्गा प्रहार गरी बालिकाको हत्या प्रयास गरेको खुलेको छ।

घाइते बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शनिबार बिहान १ बजेतिर मृत्यु भएको एसपी जिसीले बताए।

‘बालिकाको आमा घरमा काममा व्यस्त भएको बेलामा अजयले गएर बालिकालाई १० रुपैयाँ र चोकोपन दिएर घटनास्थल बनमारा झाडीमा ल्याएर सुरुमा अजयले जवरजस्ती करणाी गरेका थिए। त्यसपछि दाजु मिथुनले गरेको खुलेको छ,’ एसएसपी जिसीले भने, ‘करणी गर्दा बालिका रुन थालेपछि दुई वटा ढुङ्गा र बियरको बोतलले बालिकाको टाउँकोमा प्रहार पनि गरेका थिए। त्यसपछि बालिका अचेत भइन्।’

हराएको एक घण्टापछि साढे ६ बजे बालिका घारीमा अचेत अवस्थामा भेटिएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.