|
फाइल फोटो

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम सफा रहने छ।

महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार बंगलादेश तथा आसपासका क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पूर्वी भेगको मौसम बदली हुने सम्भावना रहेको छ।

सोमवार दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने छ। रातित देशभर मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।

मंगलवार पनि मौसम सफानै रहने छ। बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसमविद् सापकोटाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.